ताजा लेखहरू

फ्रिडम फाइटर्स ‘बी’ बन्यो पहिलो कीर्तिपुर भेट्रान्स फुटसलको उपाधी जित्ने फुट्सल क्लब

कीर्तिपुरमा भाद्र २२ र २३ गते सन्चालन भएको कीर्तिपुर भेट्रान्स ४०+ फुटसलको उपाधी फ्रिडम फाइटर्स ‘बी’ले जितेको छ। गत शनिबार भएको फाइनल खेलमा फ्रिडम फाइटर्स ‘बी’ ले फ्रिडम फाइटर्स ‘ए’ लाई २ – ० ले हराउँदै उपाधी आफ्नो हातमा लिन सफल भयो।

चुस्त दुस्त ब्यवस्थापनका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा काठमाडौं भित्र र बाहिरका गरेर ३० टिमले सहभागिता जनाएका थिए।

प्रमुख अतिथी वागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रथम हुने टिमका खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गर्नुभएको थियो। पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै वागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रदेश सरकार र ब्यक्तिगत तर्फबाट पनि आफ्नो साथ र सहयोग रहिरहने प्रतिवद्धता जाहेर गर्नु भएको थियो।

वागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन ट्रफी प्रदान गर्नुहुँदै
प्रमुख अतिथी वागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन

विजेता फ्रिडम फाइटर्स ‘बी’ ले नगद रु. ५०,००० प्रमाणपत्र, मेडल र ट्रफी पाएभने उपविजेता फ्रिडम फाइटर्स ‘ए’ ले नगद रु. २५,००० प्रमाणपत्र, मेडल र ट्रफी पाए।

फ्रिडम फाइटर्स ‘ए’ का राजकुमार घिसिङ ले उत्कृष्ट खेलाडी को उपाधी जित्दै नगद रु. २५००, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे भने फ्रिडम फाइटर्स ‘बी’ का कमल विष्ट उच्च गोलकर्ता को उपाधी जित्दै नगद रु. २५००, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे। वाखत फुटसलका धनबहादुर पुनले उत्कृष्ट गोलकिपरको उपाधी जित्दै नगद रु. २५००, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे।

पुरस्कार विजेता हरु

विजेता: फ्रिडम फाइटर्स ‘बी’

उपविजेता: फ्रिडम फाइटर्स ‘ए’

उत्कृष्ट खेलाडी: राजकुमार घिसिङ “फ्रिडम फाइटर्स ‘ए’”

उच्च गोलकर्ता: कमल विष्ट “फ्रिडम फाइटर्स ‘बी’”

उत्कृष्ट गोलकिपर: धनबहादुर पुन “वाखत फुटसल”

कीर्तिपुर भेट्रान्स ४०+ ओपन फुटसल भाद्र २२ र २३ मा आयोजना हुँदै

कीर्तिपुर भेट्रान क्लब किर्तिपुर १० को आयोजनामा कीर्तिपुर भेट्रान्स ४०+ ओपन फुटसल यही भाद्र २२ गते शुक्रबार र २३ गते शनिबार क्रिनगर फुटसलमा हुन गैरहेको छ। कीर्तिपुरमै पहिलो पटक हुन लागेको भेट्रान्स ४०+ ओपन फुटसलमा काठमाडौं भित्र र बाहिरका समेत गरी ३० वटा टिमले सहभागिता जनाउने आयोजक क्लबका जगदिश महर्जनले जानकारी गराउनु भएको छ। प्रथम पुरस्कार नगद पचास हजार रुपैया, ट्रफी, मेडल र सर्टिफिकेट रहेको उक्त प्रतियोगिताको टाइ सीट सार्वजनिक भईसकेको छ।

उद्घाटन खेल भाद्र २२ गते शुक्रबार १ बजे आयोजक क्लब कीर्तिपुर भेट्रान क्लब र बिजी फुटसलको बिचमा हुनेछ।

उत्साहजनक सहभागिता रहेको यो प्रतियोगितामा निम्न पुरस्कार रहेका छन।

प्रथम पुरस्कार: रु. ५०००० (नगद पचास हजार रुपैया), ट्रफी, मेडल र सर्टिफिकेट
दोश्रो पुरस्कार: रु. २५००० (नगद पच्चिस हजार रुपैया), ट्रफी, मेडल र सर्टिफिकेट
बेस्ट कीपर : रु. २५०० (नगद पच्चिस सय रुपैया) र ट्रफी
बेस्ट प्लेयर : रु. २५०० (नगद पच्चिस सय रुपैया) र ट्रफी
हाइ स्कोरर : रु. २५०० (नगद पच्चिस सय रुपैया) र ट्रफी

टाइ सीट

खेल सुरु हुने समय

0
Day
:
sep
0
Hour
:
sep
0
Minute
:
sep
0
Second

खेल मैदान

नेपालमै पहिलोपल्ट भर्च्युअल ज्वेलरी एप

नेपाली सफ्टवेर कम्पनी सफ्ट भेन्स ले नेपालमै पहिलो पल्ट घरमै बसेर गहना हरु लगाएर ऐनामा हेरेजस्तै गहनाहरु हेर्न मिल्ने एप (भर्च्युअल ज्वेलरी एप) बजारमा लिएर आएको छ। ट्राइ आओर ज्वेलरी नाम दिएर पहिलो भर्सन गूगल र एप्पलको स्टोरमा लन्च भईसकेको र दोश्रो भर्सनको लागि काम भईरहेको ट्राइ आओर ज्वेलरी कि संस्थापक प्रश्ना महर्जनले बताउनु भयो। अहिलेको बिसम परिस्तिथीमा यो एपले केही हद्सम्म सामाजिक दुरी कायम राख्न मद्धत गर्नेमा विश्वस्त रहेको बताउदै वहाँले अर्को भर्सनमा केही नयाँ फिचर रहने तथा प्रयोगकर्ताहरुमार्फत आएका सुझाबहरु पनि संलग्न रहने बताउनु भयो।

अन्य जानकारी एपको अधिकारिक वेब्साइट https://tryourjewellery.com/ मार्फत पनि हेर्न सकिनेछ

के के छन त यो एपका विशेषताहरु ?

१. आफ्नो स्टोरको ब्रान्ड सहित गूगल र एप्पलको स्टोरमा लन्च गर्न सकिने
२. प्रयोगकर्ताहरुले घरमै बसेर गहना लगाउदा कस्तो देखिन्छ भनेर हेर्न तथा अनुभव गर्न सकिने
३. प्रयोगकर्ताहरुले गहना लगाइसकेपछी फोटो खिचेर एप बाट सोसिअल मिडियामा सेयर गर्न सकिने
४. गहनाको बारेमा बुझ्नलाई एप बाट स्टोर लाई कल गर्न सकिने
५. ज्वेलरी स्टोर ले आफ्नो स्टोरभित्र फोन अर्थात ट्याब बाट डिजाईनहरु प्रदर्शन गर्न सकिने
६. ज्वेलरी स्टोर ले मल तथा प्रदर्शनी क्षेत्रहरुमा सजिलै मार्केटिङ गर्न सक्ने
७. ज्वेलरी स्टोरमा डिजिटल क्याट्लगको रुपमा प्रयोग गर्न सकिने
८. विश्वभरिका प्रयोगकर्ताहरुमाझ डिजाईन सेयर गर्न सकिने

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङद्वारा कीर्तिपुर नगरपालिकाको निरिक्षण

श्रावण २ गते शुक्रवार, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्त कुमार नेम्वाङले कीर्तिपुर नगरपालिकाको निरिक्षण गर्नुभएको छ। माननीय मन्त्रीका साथमा संघीय सांसद् कृष्ण गोपाल श्रेष्ठ र विना श्रेष्ठ पनि हुनुहुन्थ्यो । छोटो समयमा अकल्पनिय काम गरेर जनतासामु विश्वसनीय छबि बनाउनुभएका नेम्वाङलाइ कीर्तिपुर नगरपालिकाको नयाँ भवनमा नगर प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का तथा पूर्व राज्यमन्त्री दिलिप महर्जन लगायतले स्वागत गर्नुभएको थियो। 


स्वागत कार्यक्रमका क्रममा कीर्तिपुर नगरपालिका नगर प्रमुख रमेश महर्जनले सरकारबाट कीर्तिपुरको विकासमा सहयोग हुने अपेक्षा गर्नुभएको थियो भने कीर्तिपुरमा बनाउन लागिएको स्मार्ट स्ट्रीट लाइट (नगर उज्यालो कार्यक्रम) को अवधारणा पत्र (DPR) पनि हस्तान्तरण गर्नुभएको थियो। आफै नै निरीक्षणमा खटिएर कामको विस्तृत जानकारी लिएर समयमानै काम सकाउन माहिर नेम्वाङले, बिदाको दिनमा स्थानीय स्तरमा भैरहेको भौतिक निर्माणको निरीक्षण गर्ने योजना अन्तर्गत्, शुरुवात कीर्तिपुरबाट गरेको बताउनुभएको थियो। अवधारणा पत्रनै तयार भैसकेकोमा, मन्त्रि नेम्वाङले नगरपालिकाको कार्यशैलिको प्रशंसा गर्नुभएको थियो। कीर्तिपुर वडा नं. ९ नगाउँमा बनाइरहेको रिटेलिङ्ग वाल तथा ढल निकासको योजनाको स्थलगत निरीक्षण गर्दै पुष्पलाल पार्कमा अवस्थित् नेपाल कम्यूनिष्ट पार्टीको संस्थापक महासचिव क.पुष्पलालको प्रतिमामा फूलगुच्छा चढाउनु भएका नेम्वाङले आफैले शिलान्यास गरेको कीर्तिपुर –चन्द्रागिरि जोड्ने मितेरी पुलको समेत निरीक्षण गर्नुभएको थियो। लकडाउनका कारण सो योजना समयमै पूरा हुन सकेको भने छैन।  


कीर्तिपुर वडा नं. २ मा अवस्थित उमा महेश्वर मन्दिरमा पनि माननीय मन्त्री नेम्वाङ्गलाई भ्रमण गराइएको थियो भने स्थानीय बासिन्दाहरुले टिका लगाई स्वागत गर्नुभएको थियो। अन्तमा वडा नं. १ को कार्यालयमा कार्यक्रम समापन गरिएको थियो। समापन कार्यक्रममा नगर उप–प्रमुख खड्काले धन्यवाद दिनु भएको थियो भने नगर प्रमुख महर्जनले माननीय मन्त्री नेम्वाङलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

समाचार तथा तस्बिर साभार : नगर सन्देश  

काठमाडौँबाट पास लिन खोज्दै हुनुहुन्छ भने यि नियमहरु पालना गर्नु पर्नेछ

यदि तपाई काठमाडौँबाट पास लिन खोजिरहनुभएको छ भने विभिन्न नियमहरु पालना गर्नु पर्नेछ। हेर्नुस के के नियमहरु पालना गर्नु पर्छ त ?
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एउटा बिज्ञप्ति जारी गरेको छ। जसअनुसार पास लिनको लागी विभिन्न नियमहरु पालना गर्नुपर्नेछ।हेर्नुस बिज्ञप्ति जस्ताको तस्तै

साभार: जिल्ला प्रशासन कार्यालय काठमाडौँ
साभार: जिल्ला प्रशासन कार्यालय काठमाडौँ

काठमाडौंमा २८ जनालाइ कोरोना संक्रमण, जम्मा ४७३ जनामा संक्रमण देखियो

१८ असार, आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार जम्मा ४७३ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौँबाट २८ जना संक्रमित रहेका छन् जसमा १७ जना महिला र ११ जना पुरुष रहेका छन्

Press Briefing on COVID-19 2077.03.18

Press Briefing on COVID-19 2077.03.18#COVID-19

Geplaatst door Ministry of Health and Population-Nepal op Donderdag 2 juli 2020
साभार: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

भुवन के.सी. ले दिए साम्राज्ञी बिरुद्द उजुरी

भुवन के.सी. ले चलचित्र कलाकार संघमा साम्राज्ञी बिरुद्द निवेदन दिएका छन्। विगत केहिदिन देखि दुवैजनाले आ-आफ्नो सामाजिक सन्जालमा आफ्ना कुराहरु राख्दै आएका थिए।

आफ्नो फेसबुक वालमा भुवन के.सी. लेख्छन

“हरेक कथाको तीनवटा पाटा हुन्छन अरुको ,आफ्नो र सत्यको र सत्य के हो त्यो अब नेपाल कलाकारसंघ र कानुनले नै, फैसला गर्ने छ एस सम्बन्धी छान्बिनको लागि मैले नेपाल चलचित्र कलाकारसंघमा निवेदन दीइ सकेको छु “

फोटो साभार : भुवन के.सी. को फेसबुक वाल बाट

निबेदन दिनुअघि आफ्नो फेसबुक वालमा उनले साइबर क्राइम अन्तर्गत कानुनी उपचार खोज्ने भन्दै लेखेका थिए। हेर्नुस उनको फेसबुक वालबाट जस्ताको तस्तै

"डियर साम्राज्ञि, तपाईंलाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्र मा पदार्पण गर्ने मौका दिने ब्यक्ति प्रती ,तपाईं धन्यवादि हुनुहुन्छ भन्नेमा म अपेक्छया गर्दछु ! करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत् भै सुपर हिट् भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइन ,छाता वोड्न पाइन ,सूबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन बर्ष पछाडि ,र आज भोली मात्र म लगायेत् अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आस्चर्य लागेको छ ! आफुलाई ब्रेकदिने पितातुल्य ब्यक्तीको बारेमा अनर्गल तथा झुटा कुराहरु ऊुल्लेख् गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्री हरुको सम्भन्ध मा मेरो गम्भिर ध्यान आकर्शन भएको छ !!अब उप्रान्त तपाईंले म भुवन के सी ले बिगत करिब् चलिस् बर्ष देखी नेपाली चलचित्रमा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आज सम्म येहि चलचित्रको क्षेत्रमा रात दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिस्ठाहरुमा आघात पुग्ने गरी पुन तेस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेसबूक या अन्य कुनै पनि सामाजिक सन्जाल्मा पोस्ट नगर्न, हुन सुचित गर्दछु !मेरो यो सुचनाको बाब्जुद तपाईंले एस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊुपर प्रचलित साइबर् कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईंबाट एथोचित छेति पुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजायेको भागेदारी गराउनुको निमित्त,आवसेक् कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईंलाई बढो दु:खका साथ् जानकारी गराउदछु |भवदिय भुवन के .सी सिनामंगल ,काठमाडौं ,वडा न .९मिती २०७७ साल, अषाढ १८ गते शुभम !!!"

डियर साम्राज्ञि, तपाईंलाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्र मा पदार्पण…

Geplaatst door Bhuwan Kc op Donderdag 2 juli 2020
साभार : भुवन के.सी. को फेसबुक वाल बाट

कन्फ्रेन्सिङ् प्लेटफर्म जुम प्रयोग गरि सोफेस नेपालको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

सोफेस नेपालको १६ औँ वार्षिक साधारण सभा आज असार १४, २०७७ (Jun 28, 2020) मा सम्पन्न भएको छ। जूमको प्रयोग गरेर सम्पन्न भएको आजको साधारण सभा, संस्थाकाे स्थापनाकालदेखिको गतिविधिहरु मा एक ऐतिहासिक घटना थियो। २५ जना सदस्य उपस्थित उक्त सभामा सोफेस नेपालका महासचिव श्री देवराज महर्जनले सबै पहुनाहरूलाइ स्वागत गर्नुभएको थियो भने संस्थाका अध्यक्ष प्रा. डा. रामकृष्ण महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। 

कोभिड – १९  का कारण गतबर्ष गर्ने भनिएका १५ औँ सोफेस स्मारिका प्रकाशित गर्ने कार्यक्रम र एम फिल र पीएचडी शोध प्रबंध सम्बन्धी सेमिनार गर्न नसकिएको जानकारी गराइएको थियो। चालू आर्थिक वर्ष पनि सकिन लागेकोले दुबै आर्थिक वर्षलाई पुनर्बिचार गर्दै नयाँ कार्यक्रम प्रस्ताब गरिएको थियो भने नन्दकुमारी महर्जनले पछिल्लो आर्थिक वर्षको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो।   

कन्फ्रेन्सिङ् प्लेटफर्म जुम प्रयोग गरि सोफेस नेपालको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

सल्लाह सुझाबको आव्हान गर्दा केही सदस्यहरूले समाजको सम्भावनाहरूको प्रयोग गरेर यस असहज परिस्थितिमा वेबिनार सञ्चालन गर्न सुझाव दिनुभएको थियो। अध्यक्षले प्रतिवेदनमा सुझावहरू समावेश गर्ने कुरा सुनिश्चित गरेसंगै प्रतिबेदनहरू सर्वसम्मतिले पारित गरियो। श्री प्रकाश महर्जनलाई लेखा परीक्षकको रूपमा नियुक्त गर्ने निर्णय भएपश्चात प्रा. डा. श्यामकृष्ण महर्जनलाई बैठकको माइन्युट् हस्ताक्षर गर्नको लागि मनोनयन गरिएको थियो।

शारीरिक शिक्षा तया खेलकुद समाज (SOPHES) नेपाल एक गैरसरकारी संस्था हो जसले खेलकुद र शिक्षा तथा खेलकुद र विज्ञानको सम्बन्ध स्थापना गरि खेलकुदको बिकास तथा प्रवर्धन गर्ने लक्ष्य लिएको छ। सोफेस नेपालले हरेक बर्ष सोफेस स्मारिका प्रकाशित गर्दै आइरहेकोछ। सोफेस नेपालले नगद पुरस्कार सहितको राष्ट्रिय स्तरको टेबुल टेनिस प्रतियोगिता ८ औँ संस्करणसम्म आयोजना गरिसकेको छ र आगामि दिनहरुमा पनि सो कार्यलाई निरन्तरता दिने छ। माध्यमिक तहको स्वास्थ्य र शारीरिक शिक्षा ऐच्छिक विषय लिएर अध्ययन गरिरहेका गरीब विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिरहेको यो संस्थाले शिक्षा र खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने केही व्यक्तित्वहरूलाई सम्मानित पनि गरेको छ।

विभिन्न क्षेत्रका विविध बिशेषता भएका सदस्यहरूनै सोफेस नेपालको सवल पक्ष हुन्। यसले विशेष गरी जीवनोपयोगी शिपहरु, सकारात्मक चिन्तन, प्रभावकारी वेब खोजी, बृहत यौनिकता शिक्षा, शिक्षा र खेलकुदका केही समसामयिक मुद्दाहरूमा पनि विभिन्न सेमिनारहरू आयोजना गरेको छ।

एप्पलले गर्यो आइ ओ एस् १४ को घोषणा

इतिहासमा पहिलोपल्ट बिश्वबिख्यात कम्पनि एप्पलले डब्ल्यूडब्ल्यूडीसी अन्लाइन संस्करणबाट गरेको छ। सधै महंगो मुल्य तिरेर सहभागी हुनपर्ने कार्यक्रम यो पटक भने अन्लाइनबाट रेजीस्टर गर्ने सबैले हेर्ने मौका पाएका थिए। सो दौरान एप्पलले आइ ओ एस् १४ को पनि घोषणा गरेको थियो। आइ ओ एस् संगै एप्पलले म्याक ओ एस्, आइ प्याड ओ एस् र वाच ओ एस् को पनि घोषणा गरेको थियो। 

के छ त आइ ओ एस् १४ मा ?

आउनुस् हेरौ आइ ओ एस् १४ का केहि मुख्य सुविधाहरु

१. धेरै जानकारी हेर्न मिल्ने होम स्क्रिन विजेट 

आइ ओ एस् १४ मा आफुलाइ पायक पार्नेखाल्को विजेटहरु होम स्क्रिनमा राख्न सकिने ब्यवस्था गरिएको छ।  

२. एप लाइब्रेरी

महत्त्वपूर्ण र धेरै चलाएका एप हरु क्रमबद्ध गरिएको स्क्रिन अन्तिम पेजको रुपमा हुनेछ। अब धेरै चलाइरहने एपहरु सजिलै हेर्न र भेट्न सकिनेछ अनि सजिलो तरिकाले एप चलाउन सकिन्छ। आइ ओ एस् १४ मा एपको पेजहरु लुकाउन पनि सकिन्छ। 

३. महत्त्वपूर्ण कुराकानी हेर्न सजिलो मेसेज 

महत्त्वपूर्ण मेसेजहरुलाइ पिन् गरेर अग्रपंक्तिमा राख्न सकिन्छ।  

४. कम्प्याक्ट कल

आइ ओ एस् १४ मा अब एप चलाइरहेको बेलामा पनि फोन तथा अन्य कलहरुले पुरै स्क्रिन् ओगट्ने छैन। 

५. मल्टि टास्किङ्

आइ ओ एस् १४ मा अब भिडियोहरू हेर्दै अरु कुनै एप चलाउन सकिनेछ। जस्तै भिडियोहरू हेर्दै फेसटाइम कल जारी राख्न सकिनेछ । 

६. नया म्याप

साइक्लिङ् डीरेक्सन् , गाईड् लगायत अन्य धेरै सुबिधाहरु नया म्यापमा थपिएको छ ।

७. सिरि

सिरिलाइ अब नया अवतार मा हेर्न सकिनेछ 

आइ ओ एस् १४ बेटा भर्सनमा अहिले उपलब्ध भएतापनि सर्बसाधरणको लागि भने सेप्टेम्वरमा उपलब्ध हुनेछ।   

कुन आइफोनमा आइ ओ एस् १४ चल्छ ?

आइफोन् सिक्स एस् पछि आएका सबै आइफोनहरुमा आइ ओ एस् १४ चलाउन सकिन्छ । यदि तपाइसंग तल उल्लेखित आईफोन भए आइ ओ एस् १४ चलाउन सकिनेछ।

  • आईफोन सिक्स एस, आईफोन सिक्स एस प्लस र आईफोन एसई (पहिलो जेनरेशन)
  • आईफोन सेभेन र आईफोन सेभेन प्लस
  • आईफोन एट, आईफोन एट प्लस र आईफोन एक्स
  • आईफोन एक्स् एस् , आईफोन एक्स् एस् म्याक्स  र आईफोन एक्स् आर् 
  • आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स
  • आईफोन एसई (दोस्रो पुस्ता)

साभार : एप्पल

सस्तो डिललाइ डोल्मा इम्प्याक्ट् फंड्को पुन: साथ

नेपाली इकमर्स् सेवा प्रदायक कम्पनि सस्तो डिलमा डोल्मा इम्प्याक्ट् फंड्ले १० लाख डलरको लगानी गरेको छ। ९ बर्ष अघि स्थापना भएको सस्तो डिलले उक्त लगानी अबको १८ महिनामा १ अरब प्रतिफल लिने लक्ष्य प्राप्तिका लागी गर्नेछ।  

डोल्मा इम्प्याक्ट् फंडले पहिलेदेखिनै सस्तो डिलसंग सहकार्य गरेतापनि अहिलेको लगानीले पक्कै पनि नेपालको इकमर्स् सेवामा नयां फड्को मार्ने सम्भावना देखिन्छ, यध्यपि एस्को लागी केहि समय हेर्नैपर्ने देखिन्छ। 

सस्तो डिलमा डोल्मा इम्प्याक्ट् फंडको १० लाख डलरको लगानी

यो लकडाउनको समयमा नेपाली बजारमा पहिले भन्दा राम्रो प्रभाव बनाएको सस्तो डिलसंग थप लगानीका साथ सहकार्य गर्न पाउदा उत्साहित् भएको बताउंछन् डोल्मा इम्प्याक्ट् फंडका सीईओ Tim Gocher । यो लगानीसंगै नेपाली प्रबिधि क्षेत्रमा राम्रो उर्जा भने अबस्य देख्न सकिन्छ। 

सस्तो डिलका संस्थापक तथा सीईओ अमुन थापा पनि यो लगानीले नेपाली इकमर्स् जगतमा नयां आयाम ल्याउने कुरामा बिस्वस्त देखिन्छन ।